नेसपा (नयाँ शक्ति निकट) प्रगतिशील नेपाली समाज समिति भारत कर्नाटक राज्य समितिको प्रथम राज्य सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। २२ डिसेम्बर आइतबार तदनुरूप २०८१ पौष ७ गते प्रथम राज्य सम्मेलन भव्यकता साथ सम्पन्न भएको हो ।
समावेशिता संघीयता सुशासन र समाजवाद भन्ने मूल नाराका साथ( SDV Hall Varthur ) मा सम्पन्न भएको उक्त कार्यक्रम संगठनका महिला केन्द्रीय सदस्य तथा महिला नेत्री सरिता रोकायाको अध्यक्षतामा लोकेन्द्र शेर्पालीको प्रमुख अतिथि तथा धनबहादुर सहकारी र केन्द्रीय महासचिव राजेश कुमार राहलको विशिष्ट अतिथिमा सम्पन्न उक्त कार्यक्रममा अतिथि कलाकार राष्ट्रिय लोक तथा देउडा गायक कटक नेपाली, कलाकार विभाग प्रमुख प्रदिप विश्वकर्मा लगायत दीपावली पुष्पा नंगारजी प्रेम नंगारजी मानव विश्वकर्माको पनि बेजोड प्रस्तुति रहेको थियो ।
साथै उक्त सम्मेलनमा पुरानो समिति विघटन भई नयाँ सङ्गठित तथा विभागीय समितिहरू चयन भएको छ।
अध्यक्षमा सुरेन्द्र नगार्जी ,उपाध्यक्षमा लोकेन्द्र बिस्ट ,सचिवमा तारा क्षेत्री सह सचिबमा नरिलाल उपाध्या ,कोषाध्यक्षमा गोकर्ण धामी ,सह कोषाध्यक्षमा हरि जैशी , सदस्यहरुमा सर्मिला रोकाया , खेम बोहरा , कौशिल्ला बिश्वकर्मा ,मिना साउद अनिता नगार्जि सुनिता नगार्जि ज्योति सुनार चयन भएका छन ।
युवा बिभाग प्रमुख धन ब नेपाली ,आर्थिक बिभाग प्रमुख सुरेश नगार्जी ,महिला बिभाग रिक्त कलाकार बिभाग प्रदिप बिश्वकर्मा , बिध्यार्थी बिभाग प्रेम नगार्जी रहने गरी विभिन्न विभागीय संगठन तथा संरचनाको विस्तार गरिएको छ। यस नगर निर्वाचित संगठनका सम्पूर्ण सदस्यहरुलाई कार्यकालको शुभकामना सहित आफू र आफ्नो संगठन रहेसम्म देश र जनताका लागि जनहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
नेसपा नयाँ शक्ति निकट प्रगतिशील नेपाली समाज भारतको कर्नाटक राज्य, बेंगलुरुमा सम्पन्न यहि २२ डिसेम्बर २०२४ ९२०८१ पौष ७ गते० का दिन आयोजित प्रथम सम्मेलनमा कर्नाटक राज्य समितिको अध्यक्ष पदमा निर्वाचित गराई दिनुभएकोमा म अत्यन्तै गौरवान्वित छु भन्दै सुरेन्द्र नगार्जीले खुसि व्यक्त गर्नुभयो । उहाँले फेरि थप्दै संगठनका नेता, कर्नाटक राज्यका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुवा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यो जिम्मेवारीप्रति पूर्ण बफादारी, इमानदारी र निष्ठाका साथ खडा उत्रिने प्रतिज्ञा गर्दछु।
म र हाम्रो संगठन, देश र जनताको हितका लागि सधैँ प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा रही, समाज, संगठन र जनताको सेवा गर्न हरपल समर्पित रहने वचनबद्धता व्यक्त गर्दछु।हामी सबैको एकताले मात्र हाम्रो समाजको प्रगतिमा टेवा पुर्याउन सक्छ भन्ने विश्वासका साथ, तपाईँहरू सबैको समर्थन, सहयोग र सद्भाव निरन्तर प्राप्त हुने अपेक्षा राख्दछु।
सधैँ प्रगतिशील समाज निर्माणमा अगुवा भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।