केदारस्युँ गाउँपालिकाकाे काडाचौर र भामचौरमा खानेपानीको अभाव, एक घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता !

रमेश बोहरा,बझाङ । केदारस्युँ गाउँपालिकाकाे काडाचौर र भामचौरका स्थानियले  र्षौदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट एकघण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सरिता धामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो –हिउँदेयाम शुरू भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको निकै समस्या हुन्छ । वर्षातमा बलेसीको पानीले जोहो गर्दै आएका छौँ । हिउँदमा नजिकको कुवाँमा सुख्खायाममा पानी सुक्ने भएकोले टाढाको मुहानबाट ४०¬¬ –५० लिटरको ग्यालिनमा पानी बोक्नुपर्ने बाध्यता छ ।’गाउँमा खानेपानीको सुविधा नहुँदा घरको एक जनाले खानेपानीका लागि खटिनु पर्ने बाध्यता रहेको स्थानीय जय बहादुर धामिले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो ‘पानीको ग्यालिन बोक्दा–बोक्दा टाउको खुइलिसक्यो । तर,हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनु परेको छ । गाउँमा खानेपानीको अभाव हुँदा यहाँका महिलाहरूले बढी समस्या भोग्नु परेको छ । ’ यहाँका अधिकाङ्स परिवारको पानीको जोहो गर्ने जिम्मा महिलाको भएकाले खानेपानीको अभाव हुँदा अन्य भन्दा महिलाहरूलाई बढी समस्या हुने गरेको केदार स्यु गाउँपालिका– ७ की जानकी धामिले बताउनु भयो ।

निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पु¥याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय जनक धामिले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो –‘निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन् । खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पु¥याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन् । नेताहरू जितेपछि गाउँमै आउँदैनन् ।’

केदारस्यु गाउँपालिका – ७  काडाचौर र भामचौरमा ६० बढी घरपरिवार प्रत्येक वर्ष हिउँद र सुख्खायाममा खानेपानीको चरम समस्या झेल्दै आएका छन् ।

खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालयमा पठाउन र सरसफाई गर्न समेत गाह्रो भएको स्थानीयले गुनासो गर्नुभयो । गाइभैसीका लागि समेत बोकेर पानीको जोहो गर्नु पर्छ । गाउँमा खानेपानी पु¥याउँछु भन्ने कता गए थाहा नै छैन् । हाम्रा लागि त सरकार नै छैन् जस्तो छ ।’

पुराना कुवाँमा पानी सुक्दै गएपछि र गाउमा रहेका धारामा दीनको एक घण्टा पनि पानि नआय पछि खानेपानी अभाव चुलिएको स्थानीय लक्ष्मी धामिले बताउनुभयो ।

उहाँले भन्नु भयो –‘पहिलापहिला कुवाँमा पानी हुन्थ्यो । सोही पानीले गाउँमा खानेपानीको जोहो गर्दै आएका थियौँ । तर,अहिले कुवाँको पानी पनि सुकेपछि टाढाको मुहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । गाउँमा पानी नहुँदा शौचालयसमेत प्रयोगविहीन छन् । स्थानीयहरू खुला रूपमा दिसापिसाब गर्न बाध्य छन् ।’ धारामा आउने पानीका लागि पालो नपुगेपछि एकघण्टाको दुरीमा रहेको खोलाको मुहानबाट पानी बोक्नु पर्ने बाध्यता रहेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...