मकरराज धामी ,बझाङ। गएकाे मंगलबार दिउसोको भूकम्पमा परी बझाङमा ठुलाे भाैतिक क्षति भएकाे छ । दिउसाेकाे समयमा भुकम्प आउदा मानविय क्षति भने हुन सकेकाे छैन । जिल्लाका सयाै घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेकाे छ । भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यामा परेको भुकम्प पिडितकाे भनाई छ ।
जिल्लामा भुकम्पले पुर्याएकाे क्षति बारे जानकारी लिई प्रधानमन्त्री तथा मन्त्रीहरुकाे टाेली शुक्रबार राजधानी फिर्ता भएकाे छ । भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बझाङ आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुने परिवारलाई तत्काल २ लाख राहत दिने, आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने घोषणा गर्नुभएको छ । यता सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह पनि भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न चार दिन देखि बझाङमै झन ।
शनिबार मुख्यमन्त्री शाहले बुंगल नगरपालिका वडा नं २ का भुकम्प पिडित संग भेटघाट गरेका छन । भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले राहातकाे प्याकेज ल्याउने घाेषणा गरेका छन । मुख्यमन्त्री शाहले भुकम्प प्रभावित सबै जिल्लाकाे अवलाेकन पछि प्रदेश सरकारले पिडितहरुकाे माग सम्बाेधन गर्ने बताउनु भयाे । तर गिराैका भुकम्प पिडितले भने भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका छन । भुकम्प पिडित कलक धामीले खाना त बरु गाँउका दाजुभाई संगै मागेरै खाउला तर घर निर्माण गर्न सक्ने अवस्था छैन त्यसैले प्रदेश सरकारले आवास पुनः निर्माण गरिदिन माग राखेका छन ।धामीले आफ्नाे घर भत्किएकाे र अहिले छिमेकी दाईकाे घरमा परिवार सारेकाे बताउनु भयाे ।
उनले भने राहात त सबैले दिन्छन बस्नका लागि घर नै नभएपछि दिएकाे त्रिपाल र खाध्यान्नले के गर्नु । यस्तै अर्का भुकम्प पिडित दिपक धामीले भुकम्पले घर भत्किएको र बस्न नहुने भएपछि आफुहरु आफन्तकाे घरमा बस्दै आएकाले सरकारले घर निर्माण गरिदिए आफ्नाे परिवारलाई ठुलाे खुसी मिल्ने बताए । अर्का पिडित गाेपाल धामीले सम्पतिकाे नाममा त्यहि एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुकाे घरमा आश्रय लिनु परेकाे छ । अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले माग गरेका छन् । बझाङका भूकम्प पीडितहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले राहत वितरण गर्न थालेका छन् ।
भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री सहयोग गर्न थालिएको छ । मंगलबारको भूकम्प पछि लगातार गइरहेको पराकम्पका कारण बझाङका स्थानीय घर भित्र पस्न सकेका छैनन् । सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर सयौ पटक भूकम्पका पराकम्पन गइसकेका छन् । भूकम्प गएको पाँच दिन भइसक्दा पनि यहाँका पीडितहरुले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।