बझाङ– बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि लेक गएका अर्का एक पुरुषको हिउँमा घर फर्किने क्रममा चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका-४ का अन्दाजी ४३/४४ वर्षीय प्रमु बोहराको यार्सागुम्बा संकलन गर्ने ठाउँ अत्याधिक हिमपात भएपछि घर क्रममा बाटोमै चिसोले कठ्यांग्रीएर मृत्यु भएको हो ।
बोहरा यार्सागुम्बा संकलन गर्ने वन चुफीमा अत्याधिक हिमपात भएपछि मंगलबार घर फर्किएका थिए । चुफीबाटै हिउँमा घर फर्किएका बोहराको तितापानी भन्ने ठाउँमा चिसोले कठ्यांग्रिएर राति ८ बजेको समयमा मृत्युु भएको स्थानीय निर्मल पुजाराले बताए । पुजाराका अनुसार बोहरा संगै आएका उनका साथीहरू उनलाई चिसोले कठ्यांग्रीएर पछि तितापानी होटलमा पुर्याएका थिए ,। तर होटलमा पनि दाउरा अभाव हुँदा आगो बोल्न नसक्दा उनको चिसोको कारणले मृत्यु भएको बताइएको छ । उनलेे मदिरा समेत सेवन गरेको हुनसक्ने बुझिएको छ ।
अहिले स्थानीय आफन्तले गाउँबाट घटना स्थल तितापानी पुगेका र मृतक बोहराको शव घर पुर्याएको पुजाराले जानकारी दिए ।
त्यस्तै सुर्मा गाउँपालिकाकीएक महिला हिमपहिरोमा परेर् बेपत्ता भएका छन ।
सुर्मा गाउँपालिका-१ की ३३ वर्षीया झल्लादेवि बोहरा गए राति हिमपहिरोमा परेर वेपत्ता भएकी हुन |
योभन्दा अघि चिसोले कठ्यांग्रीएर सुर्मा गाउँपालिका-५ सैनगाउँका कलक बोहराको पनि सोही ठाउँमा मृत्युु भएको थियोे ।
घर फर्किदै यार्सागुम्बा संकलन गर्न गएकाहरू
बझाङमा यार्सागुम्बा संकलन गएकाहरू घर फर्किन थालेका छन्।
केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलनका लागि गएका स्थानीयहरू घर फर्किन लागेका हुन्।
अहिले बझाङका अधिकांश स्थानीय तहमा भारी वर्षा भइरहेको छ। यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ।