फेसबुकको प्रमे !

नरेश जोशी । खै, के लेखेर सुरु गरौं यो हाम्रो विशुद्ध प्रेम कहानी । म एक रेडियोकर्मी । रेडियोमा आवज दिन थालेदेखि मेरो फेसबुक र म्यासेन्जरमा आगमन गर्नेहरु बाक्लिदै थिए । त्योदिन “२०७६ फागुन २१” म डेस्कमै बसेर बुलेटिन तयार पार्दै थिए । “कोभिड–१९ बाट नेपालमा पहिलो मृत्यु”, लगायतका शिर्षकतिर ध्यान खिचिएको थियो र्। ट्याङ्ङ ’ छेउमा राखेको मोबाई बज्यो । वास्ता गरिन । पाँच मिनेट भएको के थियो लगातार मोबाइलले आवाज दिन थाल्यो । नहेरुँ भन्दा मनले मानेन् । निशा (नाम परिवर्तित) । देख्नमा ठिकै , साथि बनाउन हतार गरिन् ।

प्रेमको सुरुवात फेसबुकमा आएको फ्राईन्ण्ड रेक्वाइस्टका म्यासेज, फोनका आवाज बाट भए होलान्, यस विषयमा धेरै चर्चा गर्न मन लागेन् । तर, प्रेम निकै चोखो थियो । यो प्रेमको म एक भोगी ।
हम्रो कुरा सुरु भैसकेको थियो । हुदा हुदा हामीबीच अटुट सम्बन्ध भएको पत्तै पाइन मैले । अब मेरो नजरमा उनी संसारकै सबैभन्दा आकर्षक महिला थिइन् । कहिलेकाहीँ म उनलाई मेरी आमासँग तुलना गर्थेँ । लाग्थ्यो, संसारमा मेरा यी दुई महिला मात्र छन्, एकले मलाई जन्म दिइन् र अर्कीले जीवन दिइन् ।

प्रेमको सुरुवातदेखि नै उनी मलाई भन्थिन्, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ । यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ !’

म चाहिँ भन्ने गर्थेँ, ‘तिमी धेरै जिद्दी छौ । आफूले भनेको कुरा हुनैपर्छ भन्ने ठान्छौ । कुनै दिन तिमीले भनेको कुरा मैले पूरा गर्न सकिनँ भने तिमीले ब्रेकअप गर्छौ कि झैं लाग्छ ।’
हाम्रो धेरै डिस्कस हुने विषय जात, करियर र परिवार थिए । तर, हामीबीच प्रेम भने औधि थियो ।

म छिटो रिसाउँछु भन्ने मलाई थाहा थियो । तर, म रिसाउँदा उनी फकाउन सक्दिनथिन् । उनी जिद्दी थिइन् भनेर उनलाई थाहा थियो । उनले भनेका धेरै कुरा मैले पु¥याउन सकेको थिएन् ।
एकदिन उनले मसँग मेरो फेसबुकको पासवर्ड मागेकी थिइन् । म यो कुरामा प्रतिबद्ध थिएँ, प्रेममा सबैभन्दा महत्वपूर्ण आधार नै विश्वास हो । प्रेम विश्वासमै टिकेको हुन्छ ।

उनले फेसबुकको पासवर्ड माग्नुलाई मैले मप्रतिको अविश्वास झैं लाग्यो । मलाई धेरै रिस उठ्यो । मैले भनेँ, ‘विश्वास छैन भने नबोल, तर म पासवर्ड दिन्नँ । कति साथी र आफन्तसँग पर्सनल कुरा हुन्छ, जुन तिमीलाई म देखाउन सक्दिनँ ।’

उनको जिद्दी गर्ने बानी थियो । जेसुकै होस्, पासवर्ड दिनैपर्छ भन्न लागिन् । पासवर्ड नदिए ब्रेकअपसम्म हुन सक्ने कुरा उनले गरिन् । पूरै जीवन बिताउने भनेर सोचेको प्रेम नै धरापमा परेपछि पासवर्ड दिएको थिएँ ।

तर, पासवर्ड दिनुपरेकोमा चित्त बुझिरहेको थिएन । भित्रभित्रै रिस भरिएको थियो । उनले धेरै जिद्दी गरेकाले मात्र मैले पासवर्ड दिएको अनि पासवर्ड दिएकै कारण म रिसाएको उनले बुझिछिन् । केही दिनपछि पासवर्ड चेन्ज गर भनिन् । मैले चेन्ज गरें ।
त्यसपछि उनको जिद्दीपन मरेको थियो र मेरो रिस पनि । हामीलाई एक–अर्काको कमजोरी थाहा थियो र पनि हामीले त्यसलाई स्विकारेका थियौं । लाग्थ्यो, हामी एक–अर्काकै लागि बनेका हौं । बिस्तारैमलाई उनको जिद्दी गर्ने बानी अनि उनलाई म रिसाउने बानी मन पर्न थालेको थियो । समय बित्दै गयो, हामी नजिक हुने अवसर जुट्यो । कँहा र कसरि यँहा लेखेर उनको मेरो तेस्रो पक्षको गोपनियता भँग गर्न चाहान्न् म । झण्डै २ बर्षको प्रेमपछि हामि चार महिलनको लागि भेटियौं ।

मलाई उनको केहि कुरा चित्त बुझेको थिएन् । मैले केहि बोल्दैन्थे । मै आँखा तार्ने बितिक्कै उसले सुधार गर्ने प्रयास गर्थिन । मलाई अझ प्रेम गाढा बनाउँन मने लाग्थ्यो । तर, उनको परिवारमा यो कुराले उधुम्मै मच्चाईसकेको रहेछ । उनको दिदिले उनलाई गरेको फोन कलले मैलै उठाएपछि था पाए । मलाई नराम्रो व्यवहार गरेपछि उनको दिदिसंग राम्रै सवाल–जवाफ भयो त्यो दिन । त्यो कुरा उसले था पाइसकेकी थिई ।

‘तिमीले यहि गर्न लाई प्रेम गरेको हो ?’ उनले प्रश्न गरिन् ।

‘हो ’, मैले एक शब्दमा जवाफ दिएँ ।

म खुलेर प्रेम गर्न चाहान्थे, उनी भने प्रेमकलाई इज्जतसँग जोड्थिन् । म जिद्दी गर्न लागेँ, प्रेमको माध्यमबाट समाजमा हुनैपर्छ । यसको लागि लडौं भनेर । उनी रिसाउन लागिन् । धेरै समय हाम्रो यसै विषयमा झगडा भइरह्यो ।

पछि मैले न भनेकै कुरामा जित भयो, न उनकोे । सँगसँगै हाम्रो प्रेमको भने अन्त्य भयो । त्यो दिनपछि उनि मसँग कहिल्यै बोलिनन् ।‘ म अरु कसैको भैसके, खुसि हुनु ल । मैले भोलि बिहानै काममा जानुछ सुत्छु !’ उनले मलाई अन्तिम पटक गरेको म्यासेज यही थियो । अन्त्यमा हामि दुबै धेरै टाढा पुग्यौं । बिचरो प्रेम चाहिँ बीचमा रह्यो । न उनले लगिन्, न मैले ।

Loading...