बझाङ ; जिल्लाको थलारा गाउँपालिका – ५ स्थित थलारा माध्यमिक विद्यालय अध्यनरत बौद्धिक अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा दलित सहयोग समाजको आयोजनामा उक्त शैक्षिक सामाग्री बुधबार वितरण गरिएको हो ।
थलारा माध्यमिक विद्यालयमा अध्यनरत बौद्धिक अपांग बिकास बिष्ट, आस्था थापा , कृष्ण बोहरा गरि ३ जनालाई झोला,कापीकलम , औजारबक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।बौद्धिक अपांग विद्यार्थीको शैक्षिक स्तर वृद्धि तथा उनीहरूलाई हौसला प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरिएको दलित सहयोग समाजका सामाजिक परिचालक पूर्ण नेपालीले बताउनुभएको छ ।