बुङ्गल नगरपालिकामा मानसिक समस्या सम्बन्धि शिविर सम्पन्न , १ सय ३९ जनाले सेवा लिए
सेवा लिएका मध्ये ३ जना बिरामीको अवस्था गम्भीर रहेको भेटिएको छ
बझाङ – जिल्लाको बुङ्गल नगरपालिकामा मानसिक समस्या सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुङ्गल नगरपालिका- ४ स्थित खिरातडी स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मानसिक समस्या सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको हो ।युनाइटेड मिसन टु नेपाल , दलित सहयाेग समाज र बुङ्गल नगरपालिकाको समन्वयमा मानसिक समस्या तथा मनकाे समस्या भएका व्यक्तीहरुका उक्त एकदिने निःशुल्क शिविर बुधबार बसेको हो ।
शिविरमा बुङ्गल नगरगाउँपालिका भरिका ७२ जना महिला र ६७ जना पुरुष गरि १ सय ३९ जना मानसिक समस्या भएका बिरामीले सेवा लिएका दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिकले जानकारी दिनुभएको छ ।अध्यक्ष विकका अनुसार सेवा लिएका मध्ये ३ जना बिरामीको अवस्था गम्भीर रहेको भेटिएको छ । केही समयपछि गम्भीर अवस्थामा भेटिएका मानसिक बिरामीको मानसिक अस्पताल काठमाडौं रेफर गर्नुपर्ने देखिएको र उक्त ३ जना मानसिक बिरामीको उपचारका लागि युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाजले सहयोग गर्ने अध्यक्ष विकले बताउनुभएको छ ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा बसेको शिविरमा बुङ्गल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश कार्की प्रमुख अतिथि रहनुभएको थियोे, भने स्वास्थ्यकर्मी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरू अतिथि रहनु भएको थियोे ।शिविरमा मनोचिकित्सकबिशेषज्ञ डाक्टर ईश्वरी खनाल र नवीन लेखकले बिरामीलाई सेवा दिएका हुन् ।गाउँघरमै शिविरमा मार्फत निःशुल्क स्वास्थ्य सेवा लिन पाएपछि नागरिकहरूले हर्षित हुँदै शिविर सञ्चालन गरेको भन्दै यु. एम. एन.र दलित सहयोग समाजलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।