बझाङको थलारा गाउँपालिका-७ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

26

बझाङको थलारा गाउँपालिका-७ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा कार्यालय माडौँकाट्नेमा बिहीबार सम्पन्न भएको हो ।

वडा स्तरीय विपद जोखिम व्यवस्थापन समितिका पदाधिकारीलाई विपद सम्बन्धि अवधारणा , विपदका कारण , विपद न्युनिकरणका उपायहरू र स्थानीय तहको भुमिका बारेमा जानकारी गराउन अभिमुखिकरण कार्यक्रम गरिएको विपद जोखिम व्यवस्थापन परियोजनाकि फिल्ड सहजकर्ता निर्मला भण्डारीले बताइन् ।

वडाध्यक्ष किस्ने सार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव मनिरा पाध्याले राख्नु भएको थियोे, भने कार्यक्रमको सहजीकरण विपद जोखिम व्यवस्थापन परियोजनाका फिल्ड सुपर भाइजर पदम बिष्टले गर्नु भएको थियोे ।

समापन कार्यक्रम बोल्दै वडा अध्यक्ष तथा १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रमका अध्यक्ष सार्कीले जोखिममा रहेका गाउँ टोलको पहिचान गरि पुर्व तयारीका योजना लागू गर्ने बताउनुभयो । वडा स्तरीय विपद जोखिम व्यवस्थापन समिति रहेको छ, अध्यक्ष सार्कीले भने , हामी जोखिममा रहेका टोलको पहिचान गरि नागरिकलाई विपद जोखिम व्यवस्थापनका बारेमा जानकार गराउने छौ,र उक्त टोलमा वडा कार्यालयबाट सकिने सहयोग गर्नेछौ ।

Loading...