बझाङमा रुखबाट लडेर एकजनाको मृत्यु

बझाङ – पौष १९ । 

बझाङमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर – ४ का अन्दाजी २४ वर्षीय सञ्जय पुजाराको घर नजिकै ओखरको रुखबाट दाउरा काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ८ बजेको समयमा दाउरा काट्छु भनी रुख चढेका पुजारा, काटेको रुखसँगै लडेर मृत्यु भएको आफन्तले बताए ।

पुजाराको घरमा दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।

Loading...