बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका-८ सुकानाउँला घर भएका अन्दाजी ७२ वर्षीया गोपी बोहराको लडेर मृत्युु भएको हो ।
सदरमुकाम चैनपुरबाट शुक्रबार उपचार गराएर घर फर्किएका बोहराको गाडीबाट उत्रीएर मल्लावन भन्ने ठाउँबाट घर जाने क्रममा भीरबाट लडेर मृत्युु भएको स्थानीय रामबहादुर बोहराले जानकारी दिए ।
उनको साथमा कोही नभएको र शुक्रबार बेलुका लडेर मृत्यु भएपनि स्थानीयले शनिबार दिउँसो मृत अवस्थामा फेला पारेका बोहराले बताए ।