बझाङ ; बझाङको थलारा गाउँपालिका-५ स्थित कोटभैरव स्वास्थ्य चौकीमा पौष ७ गते १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । थलारा गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा र माउन्टेन हर्ट नेपालको आयोजनामा कार्तिक २३ गते खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाइ गएको भुकम्पबाट प्रभावित नागरिकलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परिक्षण , निःशुल्क प्रयोगशाला परिक्षण , हाडजोर्नीमा समस्या भएकाहरूको उपचार , महिलाहरूको स्वास्थ्य समस्याको परिक्षण तथा उपचार र निःशुुल्क औषधी वितरण गरिने थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धरमज पण्डितद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।