बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ नौरामा मदिरा तथा जुवातास नियन्त्रण गर्न समुह गठन

बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ नौरा टोलमा मदिरा तथा जुवातास नियन्त्रण गर्नका लागि समुह गठन गरिएको छ ।
भवानी आमा समुहकी अध्यक्ष रमिता बोहरा धामीको अध्यक्षतामा आमभेलाबसी सोमबार भवानी आमा समुहको मातहतमा जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्नका लागि अर्को समुह गठन गरिएको हो ।

गाउँटोलमा मदिरा र जुवातासले नराम्रो असर परेको भन्दै उक्त रोकथाम तथा नियन्त्रण गर्नका लागि हर्का देवी धामीको अध्यक्षतामा १५ सदस्यीय मदिरा तथा जुवातास नियन्त्रण समुह गठन गरिएको छ ।छबिस पाथिभेरा गाउँपालिका -७ का वडाध्यक्ष वियज बहादुर धामीको प्रमुख आतिथ्यततामा भएको आमभेलाबाट यहीँ पौष ११ गतेसम्म पसलमा राखिएको मदिरा बिक्रीवितरण गरिसक्नुपर्ने र त्यसपछि नल्यान दिने निर्णय गरेको छ ।
त्यस्तै मदिरा सेवन गर्नेलाई २ हजार ५ सय र बिक्रीवितरण गर्नेलाई ३ हजार जरिवाना तोकिएको वडाध्यक्ष धामीले जानकारी दिनु भएको छ ।
उक्त भेलामा नेपाल कम्युनिष्ट पार्टीका प्रकाश सी नमुना प्राथमिक विद्यालयका नौराका प्रधानाध्यापक दमन धामी विभिन्न राजनीतिक दलका प्रतिनिधि र नौरा टोलाका जनसमुदायको उपस्थिति रहेको थियोे ।मदिरा तथा जुवातासले गाउँ समाजमा विकृति विसंगति फैलाइरहेकोले यसलाई नियन्त्रण गर्नका लागि छबिस पाथिभेरा गाउँपालिका- ७ ले मदिरा तथा जुवातास नियन्त्रण समुह अहिले टोलटोलमा गठन गरिरहेको छ।
योभन्दा अगाडि बुड्खोरी टोलमा मदिरा तथा जुवातास नियन्त्रण गर्नका लागि सन्देश स्मृति क्लब गठन गरिएको थियोे,,भने अबको केही समयमै अन्य टोलमा पनि जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्नका लागि समिति गठन गरिने वडाध्यक्ष धामीको भनाइ छ ।मदिरा तथा जुवातासले महिला माथि पनि विभिन्न घरेलु हिंसाहरू भइरहका हुन्छन् जाँडरक्सी तथा जुवातासलाई नियन्त्रण गर्न सके विभिन्न हिंसाहरूबाट महिलाहरू जोगिन सक्छन् ।

Loading...