बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका_२ लिम तोलि बस्ने प्रकाश बोहराकी अन्दाजी २५/२६ वर्षीया श्रीमती दुर्गा देवी बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको सनिवार दिउँसो २.३० बजेतिर भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले गणतन्त्र आवाजलाई जानकारी दिनुभयो ।
उनी भीरबाट लगभग ३ सय मिटर लत खसेकी हुन् ।
मृत बोहराका ४ वर्षीय छोरा र श्रीमान् रहेका छन् ।