बझाङको थलारा गाउँपालिकाले वितरण गर्यो बाँदर भगाउने यन्त्र

बादरले बालीनाली नष्ट गर्नथालेपछि त्यसको रोकथामका लागि बादर भगाउने यन्त्र वितरण गरिएको हो

बझाङको थलारा गाउँपालिकाले बाँदर भगाउने यन्त्र वितरण गरेको छ ।
बादरले बालीनाली नष्ट गर्नथालेपछि त्यसको रोकथामका लागि बादर भगाउने यन्त्र वितरण गरिएको हो ।

धेरै वडाहरूबाट बाँदरले आतंक मच्चाउन थालेको जनगुनासो आएपछि बादर आतंक नियन्त्रण गर्न आविस्कार केन्द्र किर्तिपुर काठमाडौं बाट ३० थान बाँदर भगाउने यन्त्र ल्याइएको र पालिका भित्रका ९ वटै वडामा ३/३ थानकादरले वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो ।

अहिले हामीले परिक्षणका लागि बाँदर भगाउने यन्त्र वितरण गरेका छौ , यो कति प्रभावकारी हुन्छ हेरेर थप यन्त्र ल्याउने उपाध्यक्ष रामबहादुर खाती बताए ।

महावीर पुनले आविष्कार गरेको बाँदर भगाउने यन्त्र प्लाष्टिक पाइपबाट बनेको छ । यसमा पड्काउने ढुंगा पानीमा घोल्नु पर्ने र ग्यास जलाउने लाइटरले बालेपछि ठूलो आवाज आउने र बादर तर्सेर भाग्ने अध्यक्ष रोकायाको भनाइ छ ।

थलारा गाउँपालिकाका वडा नम्बर ५,६,४,र ९, मा बादरको बस्ती भएपनि अहिले गाउँपालिकाका सबै वडाहरूमा बाँदरले अन्नबाली नष्ट गर्ने गरेको जनगुनासो छ । त्यहीँ जनगुनोसो अनुरुप थलारा गाउँपालिकाले बाँदर भगाउने यन्त्र वितरण गरेको छ । कत्तिको प्रभावकारी हुन्छ यो भने हेर्न बाँकी छ ।

Loading...