३१ साउन काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो कार्यालय थप एक साता बन्द गर्ने भएको छ ।
एनओसीले यसअघि तीन दिनको लागि कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर दैनिक रुपमा कोरोनाको संक्रमण बढ्न थालेपछि एनओसीले सातदोबाटोस्थित आफ्नो कार्यालय अगष्ट २१ सम्मको लागि बन्द गर्ने निर्णय गरेको हो ।
ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी अधिकृत चतुरानन्द राजवैद्यले शुक्रवार विज्ञप्ती जारी गर्दै कार्यालय अगष्ट २१ सम्म बन्द रहने र त्यो समयमा घरबाटै काम गरिने जानकारी दिएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्