बझाङका पालिकामा बजेट सबै भन्दा बढी बुंगल नगरपालका र कम साइपालमा

Image

बझाङ–बझाङमा संघीय सरकारको अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत बुंगल नगरपालिकामा सबैभन्दा बढी बजेट आएको छ । आगामी आर्थिक बर्षका लागि बुंगल नगरपालिकामा ४६ करोड २३ लाख बजेट विनियोजन भएको छ । यस्तै जयपृथ्वी नगरपालिकाका लागि ४२ करोड ३६लाख, बजेट विनियोजन भएको छ ।

यस्तै गाउँपालिकामा सबैभन्दा बढी केदारस्यँु गाउँपालिकाका लागि ४४ करोड ४८ लाख बजेट विनियोजन भएको छ । छविसपथिभरा गाउँपालिकाका लागि ३५ करोड ६४ लाख , थलरा गाउँपालिकाका लागि ३५ करोड १७ लाख , खप्तडछान्ना गाउँपालिकाका लागि ३२ करोड ६८ लाख, मष्टा गाउँपालिकाको लागि ३२ करोड ४४ लाख बित्थडचिर गाउँपालिकाका लागि ३० करोड ३२ लाख, दुर्गाथली गाउँपालिकाको लागि २६ करोड १३ लाख ,तल्कोट गाउँपालिकाको लागि २३ करोड ६६ लाख सुर्मा गाउँपालिकामा १८ करोड ७६ लाख र सबै भन्दा कम साईपाल गाउँपालिकाको लागि १४ करोड ३१ लाख विनियोजन भएको छ । बझाङका पालिकामा जम्मा ३ अर्ब ८२ करोड ४५ लाख बजेट विनियोजन गरीएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन