रिदम सिंह, बझाङः प्रविधी र मोवाइलका कारण पछिल्लो समय बझाङमा बालविवाह बढ्दै गएको पाइएको छ । विश्वब्यापीरुपमा फैलदै गएको कोरोना भाइसपछी बझाङ जिल्लमा पनि बालविवाहका केशहरु बढ्दै गइरेको पाइएको छ । जिल्लामा बालविवाह गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता नभएको भएपनि गाँउघरमा बालविवाह गर्नहरुको संख्या धेरै रहेको अधिकारकर्मिहरुले बताउने गरेका छन् । कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखी देशभर लकडाउन सुरु भयो । लकडाउको समयमा विद्यालयहरु पनि बन्द अवस्थामा रहे । बन्दाबन्दीको बेला बालबालिकाको ध्यान मोवाइलतिर जाने र मोवाइलामा नै धेरैवेर ब्यस्त रहँदा सामाजिक संजालको प्रयोग बढेको पाइएको छ । विद्यार्थिहरुको पढाइलाई निरन्तरता दिनका लागी सरकारले अन्लाइन कक्षाको सुरुवात गरेपछि झन बालविबाह फस्टाएको पाइएको छ ।
विद्यालय उमेरका किशोरकिशोरीहरुले अन्लाइन कक्षाको बाहानमा मोवाइल र प्रविधीको दुरुपयोग गर्ने गरेको भैरव मावि झोताका शिक्षक दिपक बहादुर बोहराले बताउनु भयो । अन्लाईन माध्यमबाट कक्षा लिने भएपछि बालबालिकालाई अभिभावकले महङ्गो स्मार्टफोन किनिदिने र आफ्ना बालबालिकाले मोवाइलाई सदुपयोग वा दुरुपयोग के गरि रहेका छन् भनेर बेलाबेलामा खोजअनुसन्धान नगर्ने गरेको शिक्षक बोहराले बताउनु भयो । उहाँले भन्नु भयो “इन्टरनेटको राम्रो पहँुच नभएको ठाँउमा अन्लाइन कक्षाभन्दा बढी केटाकेटीहरुले एकअर्कालाई फोन गर्ने काममा प्रयोगल गर्ने गरेका छन् । यसले गर्दा बालबालिकाको शिक्षाक्षेत्रमा सुधार आउनुको साँटो बालविबाहले प्रसय पाउदै गएको छ । अधिंकांस बालबालिकाले मोवाइलाई दुरुपयोग बढी गरेका छन् ।”
बन्दाबन्दीको समयमा बालविवाह बझाङमा धेरै भएका छन् । चैत्र महिनादेखी गत आर्थिक बर्षको अन्तसम्ममा मात्र जिल्लाको बुङ्गल नगरपालिकामा ६५ वटा वालविवाह भएको बुङ्गल नगरपालिका लैङ्गिक हिंसा ब्यवस्थापक रमिता सिंहले बताउनु भयो । तर यो तथ्याङ्क जिल्ला प्रहरी कार्यालय, स्थानिय तहको महिला बालबालिका कार्यालय लगाएत सम्वन्धित निकाय कतै पनि भेटिदैन् । जिल्ला प्रहरी कार्यालय बझाङमा यो वर्षको बैसाखयता बालविबाह सम्वन्धि एउटा पनि मुद्धा दर्ता भएको छैन् । सामान्य तया अभिभावकले आफ्नो छोराछोरी हराएको र खोजि दिन भनेर निवेदन दिने गरेको भएपनि बालविवाह गरेको भनेर कसैले उजुरी नगरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताउनु भयो । “अभिभावकले छोराछोरी हराएको निवेदन दिएपछि उनीहरुलाई नियन्त्रणमा लिन्छौ, अनुसन्धानको क्रममा वालविवाह गरेको पाइन्छ तर उनीहरुले वालविवाह गरेको भनेर कसैले पनि उजुरी गर्दैनन् ।” सुचना अधिकारी कार्कीले बताउनु भयो ।
अभिभावकले भन्दापनि पछिल्लो समय किशोराअवस्थाका बालबालिकाहरुले गर्ने अपरिपक्क निर्णयका कारण बालविबाह बढी रहेको मष्टा गाँउपालिका उपाध्यक्ष भगवती बोहराको भनाई छ । पहिले पहिले अभिभावकहरुले छोराछोरीहरुको छिटो विहे गरिदिए मुक्ति मिल्छ भन्ने अन्धविश्वासले गर्ने गरेका थिए । तर अहिले बालबालिकाहरु आफैले प्रविधी र सामाजिक संञ्जालको दुरुपयोग गरेर विहे गर्ने गरेको बताउनु भयो । गाँउपालिकाले वर्षेनी जनचेतनाका लागी लाखौ रकम खर्च गर्ने गरेको भएपनि त्यस्ता कार्यक्रमको समाजमा खासै प्रभाव परेको देखिदैन् । वालिविवाहलाई निरुत्साहित पार्नका लागी गाँउपालिकामा बेलबेलामा गर्ने कार्यक्रमले अभिभावकलाई पनि सचेत पार्न सकेको छैन् । आफ्ना किशोरावस्थाका बालबालिकाले प्रविधी र सामाजिक संजाललाई कसरी प्रयोग गरिरहेका छन् भनेर अभिभाव जिम्मेवार नहँदा यो समस्या बढ्दै गएको केदास्यूँ गाँउपालिका वडा नं. १ का स्थानिय मुरलि कृष्ण जोशीको भनाई छ । अधिभावकले छोराछोरीले मोवाइलामा के गर्र्दै छन् भनेर चनाखो हुने ठाँउमा उल्टै कसरी राम्रो मोवाइल किनिदिने भनेर सोच्ने बानीले बालबालिकाले प्रविधीको दुरुपयोग गर्न थालेको उहाँँको भनाई छ ।
बालविवाहपछि स्वास्थ्य समस्याः
बालविवाह सामाजिक समस्या मात्र नभई स्वास्थ्य समस्याका रुपमा पनि विकसित हुँदै गइरहेको पाइएको छ । सानो उमेरमा नै गरिने विवाहले भविष्यमा ठुल्ठुला समस्या आउन सक्ने चिकित्सकहरुको सुझाव रहेको छ । सामान्यतयाः २० वर्ष नपुग्दै गरिने विवाहले स्वास्थ्य र पारिवारिक समस्या ल्याउने गर्दछ । सानो उमेरमा नै गरिएको बालविवाहले भविष्यमा बनेको घर नै विग्रने सम्भावना बढ्ने र सम्वन्ध विच्छेद लगाएतका घटना घट्ने महिला अधिकारर्मि तथा सुरक्षित आभासगृह बझाङकी प्रमुख गीता शाहीले बताउनु भयो । “किशोरावस्थामा एकअर्काप्रतिको छोटो समयको आर्कषण भएपनि पारिवारिक जिम्मेवारी बढ्दै जाँदा एकआपसमा कुराहरु नमिल्ने हुन्छन् । यस गर्दा सानो उमेरमा गरेको निर्णयले जिवन बर्वाद हुनसक्छन् ।” शाहीले भन्नुभयो ।
बालविवाहले पारिवारिक समस्यासँगै स्वास्थ्यमा पनि ठुल्ठुला समस्याहरु ल्याउने जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडा बताउनु हुन्छ । प्रजनन् अंगहरुको विकास नहुदै गर्भ बोक्नु पर्ने भएका कारण आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने उहाँको भनाई छ । कम उमेरमा नै आमा बन्दा आमाको प्रजनन् अंगहरुमा विभिन्न संक्रमण हुने, पाठेघर खस्ने लगाएतका समस्या देखिने र शिशुलाई पनि चाहेजती पोषण गर्भमा रहँदा र जन्म भएपछि दिनुपर्ने पौष्टिक तत्व प्रयाप्त मात्रमा दिन नसक्ने समस्या हुने गर्छन् ।