गाँउमा स्वास्थ्य इकाइ केन्द्र नभएपछि सामान्ने विरामि हुँदा पनि ६ घण्टा पैदल हिड्नु पर्ने बाध्यता

Image
फोटो क्याप्सनः बड्डी ज्यावन गाँऊ । तस्वि सुरेश धामी ।

बझाङ — बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका स्थानीयहरूले सामान्य विरामि पर्दा सिटामोल लिनकै लागि आउँन र जाँन ६ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा मान्यता दिएको चार वर्ष पूरा भइसकेको भएपनि बड्डी ज्यावनका स्थानीयहरू वर्षाैदेखि यो समस्या झेल्दै आएका छन् यहाँका मानिसहरूले उपचारको लागि साबिक पिपलकोट गाविस को खौलाधारमा रहेको पिपलकोट स्वास्थ्य चौकी जान्छन् । यो गाउँबाट त्यहाँ पुग्न स्वस्थ मान्छेले लगातार ७ घण्टा पैदल यात्रा गर्नुपर्छ । बिरामी मान्छे हिंडेर जाँदा पूरै दिन लाग्छ ।

गाउँमा मेडिकलसम्म पनि नभएकाले सामान्य बिरामी भए पनि खौलाधार नै पुग्नुपर्छ हिंड्न सक्ने बिरामी दिनभर हिंडेर साँझ पुग्ने भए पनि हिंड्न नसक्नेलाई बोकेर लैजानुप¥यो भने पालैपालो बोक्नका लागि २०÷२५ जना सँगै जानुपर्ने भएपछि गाउँनै खालि हुन्छ । बड्डी ज्यावन बाट कम्तीमा ५ घण्टा पैदल यात्रा गरेपछि नजिकको अर्काे गाउँ पारबिगर पुगिन्छ । पारीबगरमा अहिले नगरपालिकाले स्वास्थ्य इकाइ केन्द्र संञ्चालनमा ल्याएको भए पनि त्यहाँ स्वस्थ्य सामाग्री र औषधिको अभाव हुने गरेकोलले आफुहरु लाई स्वास्थ्य इकाइ केन्द्रले सजिलो नभएको स्थानिय अमिता देवि बोहराले बताए ।

स्वास्थ्य सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामीझाक्रीकै भर पर्ने गरेका छन् ।गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको धना बोहराले बताइन । ‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर लिनु पर्छ ,भनेको बेला बोक्ने मान्छे नहुँदा झन समस्या हुन्छ । ‘कतिपय बाटैमा बच्चा जन्माउँछन त कतिपय बाटैमा ज्यान गुमाउँछन् ।

नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा लैजादा सुत्केरी महिलाले लामो यात्रा गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनले बताइन् । खोप केन्द्र लैजानका लागि ५घण्टा लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको अर्की स्थानीय जानकि बोहराको भनाइ छ । ‘खोपको महत्व बुझेकाहरू त हिंडेरै गएर पनि लगाउँछन भने धेरैजसो अशिक्षित र नबुझेकाहरू खोपै लाउँदैनन उनले गाउँमै खोप केन्द्र भइदिएको भए कोही पनि बालबालिकाले खोप लिनबाट वञ्चित हुन नपर्ने बताइन।

यहाँको समस्यालाई लिएर स्थानीयहरू नगरपालिका र जिल्लाका विभिन्न निकायमा धाए पनि उनीहरूको कुराको कतैबाट सुनुवाइ नभएको बड्डी ज्यावनबासीको गुनासो छ । भोट माग्नका लागि बिभिन्न पार्टीका नेताहरु निर्वाचनको बेला गाँउमा आएको भए पनि दुर्गममा भएको कारण यस गाउँमा त्यस पछि जनप्रतिनिधिहरू पनि नआउने गरेको यहाँका स्थानीयको भनाइ छ ।यता प्रदेश सभा सांसदखदेबकि मल्ल भने विजयि भए पछि त्यस गाउँमा एक भोटी पुगेको र त्यहाँको सुकुम्बासी समस्या र स्वस्थ्य इकाईको समस्यालाई लिएर प्रदेश सभामा पहल गरीरहेको बाताइन् । यता बुङ्गल नगरपालिका प्रमुख धनबहादुर बिष्टले भने त्यहाँका जनताको समस्या बुझेको भए पनि जनसंख्या कम भएको कारण गाउँमा नै स्वास्थ्य इकाइ केन्द्र बनाउन नसकिने तर बड्डी ज्यावन र अन्य टाढा रहेका गाउँहरूको पायक पर्ने गरी पारिबगर भन्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा ल्याएको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन