दहबगरवासीको आम्दानीको मुख्य स्रोत बन्दै निगालो

 बझाङ ‍‍‌; विहान उठेर निगालोको चोया निकाल्नु र विभिन्न सामान बनाउनु बुङ्गल नगरपालिकावडा नं २ खानीबगरका देब्बो धामीेको दैनिकि बनेको छ । उमेरले ५५ बर्ष नाघेका धामी छोराहरुले वन बाट ल्याई दिएको निगालो बाट मान्द्रो, डोका, नाङलो, छाप्रा कुरु (भकारी) बनाउनु हुन्छ । ति बनाईएका सामानहरु छोराहरुले बुङ्गल नगरपालिकाका विभिन्न गाँउमा गएर विक्रि गर्ने गर्दछन । पहिले पहिले निगालोका सामानहरु गाँउगाँउ लगेर विक्रि गर्नु पर्ने अवस्था भएको भए पनि अहिले भने विजगडा बजारका व्यापारीहरुले किन्ने गरेका छन । निगालो बाट बनेका सामाग्री विक्रि गरी पुस्तौं देखी चामल नुन तेलको जोहो गर्दैै आएका छन ।
बुङ्गल नगरपालिकावडा नं १ काडाका कर्ण धामीको दैनिकि पनि उस्तै छ । निगालो बाट बनेका मान्द्रो, डोका, नाङलो, छाप्रा कुरु (भकारी) बनाउनु र नगरपालिकाका विभिन्न गाँउ, वित्थडचिर र केदारस्यु गाँउपालिकाका विभिन्न गाँउमा गएर विक्रि गर्दे आएका छन । अन्न समेत राम्ररी नफल्ने यस भेगका स्थानियहरु पहिले पहिले जिल्ला भरिका विभिन्न गाउ“ चाहारेर निगालोका सामानहरु संग धान, गहु“, भटमास, मास लगायतका अन्नस“ग साटसाट गर्ने गरेको धामीको भनाई छ ।
अहिले निगालोका सामान बाट नगद आम्दानी पनि हुन थाले पछि निगालो दहबगरका स्थानियको आम्दानीको स्रोत बनेको छ । निगालोका सामानहरु विक्री गरेर वर्षमा ५० हजार देखी एक लाख सम्म कमाउने गरेको उनकोे भनाई छ । उनले भने निगालो बाट बनेको विस्कुन सुकाउन बनाईएको ठुलो मान्द्रो २ हजार ५ सय देखी ४ हजार सम्म, ओछाउने मान्द्रो १ हजार देखि १ हजार ५ सय सम्म, नाङलो ५ सय देखी ७ सय सम्म र छाप्रो ४ सय देखि ६ सय ५० सम्ममा विक्री हुने गरेको छ । यस्तै अन्न राख्ने भकारी आकार हेरेर १ हजार ५ सय देखी ५ हजार सम्म, डोको २ सय ५० देखी ५ सय सम्ममा बिक्री हुने गरेको छ ।
जडिबुडी संकलन मुख्य आम्दानीको स्रोत रहेको यस क्षेत्रका स्थानियको अन्य आम्दानीका श्रोतको रुपमा निगालो बनेको छ । विश्वर भर फैलिएको कोरोना माहामारीका कारण यार्सा तथा जडिबुडी संकलन गर्न नपाए पछि आर्थिकसंकट झेलेका यस भेगका स्थानिय अहिले निगालोका आम्दानीको स्रोत बन्दैै आएको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले गरेको बन्दाबन्दीका कारण यार्सा संकलन गर्न नपाएका यस क्षेत्रका स्थानियको बैकल्पिक आम्दानीको स्रोत बनेको हो ।
निगालोको व्यवसायिक खेतीमा जोड दिनु पर्छ पछिल्लो समय जंगलमा निगालोको मात्रा घट्दै गएका कारण आफुहरुको आम्दानीको श्रोत माथी संकट उत्पन्न भएकोमा यहा“का बासिन्दाहरु चिन्तित भएका छन । पहिला जस्तो निगालो पाउन छोडेको छ । एक दुइ बर्ष पहिला घर वरिपरी प्रस्सतै पाईने निगालो आज भोली राम्रो निगालो पाउन एक दिन हिड्नु पर्छ । अन्य गाउ“बाट निगालो काट्न आउनेहरुले बर्षेनी जंगलमा डढेलो लगाइदिदा पनि निगालो सकिन थालेको यहा“का बासिन्दाहरुको भनाई छ ।

निगालो सकिए पछि आफुहरुको नगद आम्दानीको अर्काे विकल्प नहुने भएकाले निगालोको व्यवसायिक खेती गर्न सरकारले सहयोग गर्नु पर्र्ने उनिहरुको माग रहेको छ । स्थानिय सरकारले भन्ने बेलामा मात्र कृषि क्षेत्रलाई प्राथमिकता दिने भन्ने र बजेट विनियोज गर्दा वेवास्ता गर्ने गरेको वडा नं २ का स्थानिय आनन्द धामीको भनाई छ । आय आर्जन र कृषि क्षेत्रका स्थानिय सरकारको चासो नभएकाले पनि सम्भावना हुँदा हुदै पनि यस्ता व्यवसायहरु फस्टाउन सकेका छैनन । व्यवसायिक खेतीका विषयमा स्थानिय सरकारले गम्भीर हुनु पर्ने उनको भनाई छ ।
वडा नं २ का वडाध्यक्ष जयमल धामीले अहिले सम्म कसैले पनि यस्तो प्रकारको प्रस्ताव लिएर नआएको कारण आफुले केहि गर्न नसकेको बताए । उनले भने अहिले सामुदायिक वनहरुले पनि जथाभावि निगालो काट्न नदिने र काटे पनि सामुदायिक वनको पुर्जि काट्नु पर्ने भए पछि निगालोका सामानको मुल्य बढने गरेको छ । स्थानिय सरकारले निगालोको व्यवसायिक खेतीका लागी आवश्यक सहयोग गर्छ । हाम्रो वडामा जडिबुडी पछि आय आर्जनको अर्को विकल्प निगालो पनि भएकाले यसको व्यवसायिक खेतीका लागी विशेष कार्यक्रम ल्याउने उनको भनाई छ ।

Loading...