बझाङ प्रहरी चौकी भवन र दरवन्दी व्यवस्थापनको लागि सांसद विकद्वारा गृहसँग माग

Image

सुनिल धामी / बझाङ :  लामो समयदेखि भवन बिहिन भएका बझाङ प्रहरी चौकीका लागि प्रतिनिधि सभा सदस्य आशा बि.कले गृह मन्त्रालयलाई प्रहरी चौकी भवन र दरवन्दी व्यवस्थापनको माग गर्नुभएको छ । बझाङ्गका अधिकांश चौकीमा दरवन्दी व्यवस्थापन र भवन नभएको भन्दै गत मंगलबार गृहमन्त्रालयलाई पत्र लेख्नुभएको हो ।

बझाङ्गका अधिकांश प्रहरी चौकी लामो समयदेखि पुराना र जोखियुक्त भवनमा रहँदै आएकाछन् । तत्कालिन माओवादी विद्रोहले क्षतिग्रस्त बनेका प्रहरी चौकी अझै भवन बिहिन बनेका छन् । तत्कालीन विद्रोही माओवादीले विद्रोहीले बझाङ्गका अधिकांश प्रहरी चौकीमा आक्रमण गरेर क्षति पु¥याएका थिए । २०५८ मा तत्कालिन माओवादी विद्रोहिले बझाङ्गको देवल विमास्थलको टावर रहेको घरमा विस्फोट गराउँदा छेउमै रहेको सुरक्षा गार्डको भवनमा पनि क्षति पुगेको थियो ।

२०५९ मा माओवादीले अर्काे शक्तिशाली विस्फोट गराएपछि टावर सहित प्रहरी बस्ने भवन पनि ध्वस्त भएको थियो । त्यसयता विमानस्थलको सुरक्षाका लागि प्रहरीहरु सदरमुकाम चैनपुरबाट जाने र साँझ सदरमुकाम फर्किने गरेका थिए । २०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि विस्फोटले क्षति पु¥याएको कर्मचारी आवाश गृहकै भवन टालटुल गर्दै प्रहरीहरु बसिरहेकाछन् । प्रतिनिधि शभा सदस्य बिकले गृहलाई पठाएको पत्रमा बझाङ्ग हिमाली जिल्ला भएकाले सुरक्षाको अवस्था नाजुक छ ।

२०५८ सालदेखि नेपाल चिन सिमानामा सुरक्षा नभएकोले बहुमुल्य जडिबुटी र वन्यजन्तुको तस्करी बढेको हुँदा सिमानामा यथाशिघ्र वैज्ञानिक सुरक्षा व्यवस्थापन गरिनुपर्ने, बझाङ्गस्थित छान्ना, दौलीचौर, स्याँडी, रायल, बिसौना, मटेला, धुली, थलारा, दुर्गाथली र मस्टा प्रहरी चौकीको भवनका लागि आवश्यक बजेट व्यवस्थापन गरिनुपर्ने र ईलाका प्रहरी कार्यालय बुङ्गललाई क श्रेणी र ईलाका प्रहरी कार्यालय स्याडीलाई ख श्रेणीको दरबन्दी व्यवस्थापन गरिनुपर्ने माग उल्लेख गर्नुभएको छ ।

दलित महिला समानुपातिक कोटा अन्र्तगत बझाङ्गबाट तत्कालिन एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विकले आफ्नो क्षेत्रको विकासका बारेमा आवाज उठाउने गर्नुभएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन