प्रचण्ड होइन, माओवादी लिगेसी छाडेको हुँ

Image

माओवादी सशस्त्र संघर्षकालदेखि प्रचण्डका प्यारा मानिएका लेखराज भट्टलाई अहिले ओलीतिर ढल्किएको आरोप लागेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएपछि भट्टका अभिव्यक्तिले पनि भट्ट प्रचण्डसँग टाढिएको देखिन्छ। भट्ट भन्छन्, ‘प्रचण्डलाई होइन, माओवादीको लिगेसी मात्रै छाडेको हुँ।’ बजारको आपूर्तिको अवस्था बुझ्न र बैतडीमा फस्फोरस खानी निरीक्षणका लागि सुदूरपश्चिम आएका मन्त्री भट्टसँग अन्नपूर्ण पोस्ट्का  लागी शिवराज भट्टले गरेको कुराकानी ।

तपाईंलाई प्रचण्डलाई छाडेको आरोप लागेको छ नि ?

त्यो आरोपका लागि मात्र आरोप हो। मैले प्रचण्डलाई होइन माओवादी ‘लिगेसी’ छाडेको हुँ। कसैले मलाई ओलीतिर ढल्कियो पनि भन्छन्। ओलीलाई चिनाउने त तिनै प्रचण्ड नै हुन्। प्रचण्डले पार्टी एकता गरेर ओली पहिलो अध्यक्ष, आफू दोस्रो अध्यक्ष भनेका होइनन् रु अनि हामी दुवै अध्यक्ष पालोपालो चलाउने भनेका होइनन् रु अनि म कसरी कसैतिर ढल्केको भनेर आरोप लगाउने रु अहिले पार्टी एकीकरण भएर नेकपा भएको छ। नेकपामा न त्यतिबेलाको नेकपा माओवादी ९केन्द्र० को लिगेसी छ न त तत्कालीन एमालेको नै।

प्रचण्डलाई आफ्नो घरको हतियार लगेर बुझाएका व्यक्ति, बाह्रबर्से संघर्षमा प्रचण्डका विश्वासपात्र मानिने तपाईं अहिले फेरि ढल्मलाएको हो र ?

हो, हतियार पनि दिएकै हो। बाह्र वर्षसम्म सँगै लडेको पनि हो। म २०२८ सालदेखि नै राजनीतिक आन्दोलनमा होमिएको व्यक्ति हुँ। मेरा लागि व्यक्तिभन्दा विचार प्रधान हो। दुई पार्टी एकीकरणपछि बनेको नयाँ पार्टी नेकपा हो। म नेकपाको जिम्मेवार कार्यकर्ता हुँ। मैले नेकपाको विचारमा चल्नुपर्छ। पार्टी एकीकरण प्रचण्डले नै गरेका होइनन् र रु फेरि यताउता गएको कुरा कहाँबाट आयो रु मलाई त्यो आरोप लगाउने माओवादी र एमालेको लिगेसी कायमै रहोस् भन्ने सोच भएका व्यक्ति हुन्।

पार्टी एकतामा कहिले हो अलमल ?

पार्टी एकता प्रक्रिया टुंग्याउन स्थायी कमिटीको बैठकले एउटा दिशानिर्देश गरेको छ। पार्टी, जनवर्गीय, शुभेच्छुक संगठनहरूलाई अधिवेशनमा लैजाने कुरा भएको छ। अब पार्टी महाधिवेशन प्रक्रियामा जाने गरी तयारी भएको छ। महाधिवेशनभन्दा पहिला सबै कुरा सहमतिमै गर्ने भन्ने पनि समझदारी भएको छ। अब एकतामा खासै अलमल हुँदैन।

चरम गुटबन्दीमा रहेको पार्टीको एकता प्रक्रिया कसरी सम्पन्न होला ?

हरेक पार्टीभित्र अन्तरसंघर्ष र अन्तरविरोध हुन्छन्। समयसमयमा ती देखा पर्छन्। हाम्रो पार्टीमा पनि त्यो छैन भन्न मिल्दैन। अन्तरसंघर्ष र अन्तरविरोधलाई बहसमा लगेर समाधान खोज्नुपर्छ। तर पार्टीमा वैचारिक, संगठनात्मक अन्तरविरोधभन्दा पनि स्वार्थका लागि के पाउने ९रु० भन्ने खालको अन्तरविरोध पाएँ मैले। पार्टी एकता दरो बनाउन दुई अध्यक्ष एक ठाउँमा आउनुपर्छ। सहमतिबाटै सबै विषय टुंगोमा पुर्‍याउनुपर्छ। २००७ सालपछि कुनै पनि सरकार पाँच वर्ष चलेको छैन, त्यसैले अहिलको दुईतिहाइको सरकारलाई पाँच वर्षसम्म चल्न दिनुपर्छ पनि भन्दै आएको हुँ। म पार्टीभित्रका गुट भत्किनुपर्छ भन्ने पक्षमा छु।

दसैं, तिहार, छठ नजिकै आइरहेका छन्, आपूर्ति व्यवस्थापन चुस्त छ ?

एकदमै चुस्त छ। चाडपर्वका बेला मात्रै होइन, हामीले अन्य समयमा पनि आपूर्तिमा विशेष ध्यान दिएका छौं। लकडाउनका बेला पनि मैले आपूर्ति व्यवस्थापनमा फरक पर्न दिएन। अहिले बजार अनुगमन भइरहेको छ। कालाबजारी गर्नेलाई कारबाही भएको छ। पश्चिमका जिल्लामा गएर मैले उद्योग वाणिज्य संघका पदाधिकारीलाई म्याद नाघेका वस्तु छानेर नष्ट गर्नुस्, मूल्यवृद्धि नगर्नुस् भनेको छु। मैले यतिसम्म पनि भनेको छु कि हाम्रै क्षेत्रका मन्त्रीले कारबाही गर्‍यो भनेर गुनासो गर्न पाइँदैन।

आपूर्ति व्यवस्था चुस्त छ भन्नुहुन्छ, बाजुरा र दार्चुलाजस्ता दुर्गम जिल्लाका स्थानीय चामलकै लागि संघर्ष गरिरहेका छन् ?

बर्खाका बेला केही स्थानमा अभाव भएको थियो, हामीले हवाई सेवाबाट ढुवानी पनि गरेका छौं। अहिले कुनै ठाउँमा खाद्यान्न अभाव छैन। अब त बर्खा पनि सकियो, मोटरगाडी नचल्ने ठाउँमा पनि सडक खुलिसके। अब त झन् आपूर्तिमा समस्या आउँदैन। हामीले दैनिक चाहिने वस्तुको आपूर्तिको तथ्यांक निकालेका छौं। त्यसमा अपुग भएको सामान हामीले आयात गरिरहेका छौं। चाडबाडका बेला अभाव पनि हुँदैन। कालाबजारी गर्नेलाई कडा कारबाही पनि हुन्छ।

प्याजकै मूल्य तेब्बर भएको छ, यो कालाबजारी होइन ?

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपाली बजारमा प्याज अभाव भएको हो। तर हामीले कालाबजारी गर्नेलाई तरकारी तथा हाटबजारहरूमै गएर कारबाही गरेका छौं। महामारीका बेला अर्थव्यवस्था शिथिल भएको मौकामा जनता ठग्नेलाई कुनै हालतमा छाडिने छैन। व्यवसायीले तिहारका बेला कालाबजारी गर्नु हुँदैन। भारतले प्याज निर्यातमा रोक लगाएपछि मन्त्रालयले आपूर्तिका लागि गृहकार्य गर्दैछ। त्यसको पनि केही दिनमा आपूर्ति सहज हुनेछ।

सुदूरपश्चिममा लकडाउनका बेला मात्रै सात अर्बको व्यापार घाटा भएछ नि रु आयातबाट आपूर्ति चुस्त छ भनेर गर्व गर्ने कि निर्यातमा जोड दिएर व्यापार घाटा कम गर्ने ?

तपार्इंले भनेको कुरामा म सहमत छु। आयात गरेर गर्व गर्ने त होइन तर अपुग वस्तुको आयात भएन भने प्याजको जस्तै अवस्था आउँछ। देशभरको तथ्यांक हेर्ने हो भने विगतको भन्दा व्यापार घाटामा कमी आएको छ। तर सुदूरपश्चिममा निर्यातका लागि खासै उत्पादन नभएकाले यताको व्यापार घाटा बढेको छ। मैले कृषिमन्त्रालयसँग यसबारेमा छलफल गरेको छु। निर्यातजन्य वस्तु उत्पादनमा जोड दिनुपर्छ भनेर भनेको छु। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मात्रै व्यापार घाटा कम गर्न सक्दैन। यसका लागि कृषिमा उत्पादन बढाउन कृषिका नीतिहरूमा परिवर्तन हुन जरुरी छ। त्यसका लागि मैले कृषिमन्त्रीसँग पनि कुरा गरेको छु।

सुदूरपश्चिममा दैनिक तीन सय मालवाहक ट्रक आउँछन्, नाका भरिभराउ देखिन्छन् तर ती ट्रक फर्किने बेला खाली जान्छन् रु अनि व्यापार घाटा चुलिँदैन ?

तपाईंले भनेको सत्य हो। हामीले दैनिक आउने तीन सय ट्रक पूरै भरेर पठाउन नसकेपछि त्यसका आधामा त केही उत्पादन पठाउन सक्नुपथ्र्यो। विडम्बना, सुदूरपश्चिममा लामो समयदेखि निर्यातजन्य वस्तु उत्पादनका योजना नै आएनन्। अहिले खाद्यान्नको धेरै हिस्सा भारतबाट आइरहेको छ। हामीले निर्यात गर्ने भनेको कृषिउपज नै हो। तर किसानले समयमा मल पनि पाएका छैनन्, पाएको बीउमा दाना लाग्दैन। त्यसैले किसानमा निराशा छाएको छ। त्यसका अब नयाँ कृषि नीतिमा जानुपर्छ भनेर सरकार गृहकार्य गरिरहेको छ।

तीन तहका सरकार बनेको पनि तीन वर्ष हुन थाल्यो। कहिले बन्छन् त नीति ?

अहिले निर्यातमुखी र उत्पादनमुखी योजना बनाउने प्रदेश सरकारले हो। त्यसमा काम भएको पाइँदैन। अब संघीय सरकारले सबै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर हुन्छ वा भर्चुअल मिटिङ गरेर, छिटै बोलाउने तयारी गरिरहेको छ। जुन प्रदेशको नजिक भारतको जुन प्रदेश वा सहर पर्छ त्यहाँ निर्यात गर्न सक्ने कृषिउपज वा उत्पादन के हो रु त्यो पहिचान गरेर त्यही उत्पादनमा जोड दिनुपर्छ। त्यसैले प्रदेश सरकारले नीति बनाएर उत्पादन बढाउनतिर लाग्नुपर्छ। त्यसमा संघीय सरकारको सहयोग रहनेछ।

सुदूरपश्चिममा वर्षमा एक अर्बको त मसिनो चामल मात्रै आयात हुने रहेछ। तर तराईमा फल्ने मनसुली धान हराइसक्यो त ?

तपाईंले भनेको सत्य हो। तराईका जिल्लामा आजभन्दा एक दुई दशकअघि फल्ने मसिनो धान अहिले किसानले फलाउन छाडेका छन्। त्यसमा उनीहरूका लागि समयमै धानको समर्थन मूल्य पनि नतोकिनु एउटा कारण थियो। मैले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेपछि असोजमा काट्ने धानको जेठमै समर्थन मूल्य तोकेका छौं। मोटो र मसिनो धानको मूल्यमा अन्तर गरेका छौं। यसले पनि किसानलाई सहज भएको छ। त्यसैले अब प्रदेश र संघ सरकार मिलेर मसिनो धान उत्पादनका लागि किसानलाई प्रेरित गर्नुपर्छ। हामीले अहिले निर्यातमा भन्दा पनि आयात प्रतिस्थापनमा मात्रै ध्यान दिए पनि व्यापार घाटा कम गर्न सकिन्छ।

फस्फोरस खानीको निरीक्षणमा आउनुभएको होइन ?

हो, बैतडीको दोगडाकेदार गाउँपालिकामा फस्फोसरको ठूलो खानी फेला परेको छ। त्यसबाट निस्कने फस्फोरसबाट मलखाद बनाउन सकिन्छ। सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी त्यसको सम्भाव्यता अध्ययन हुँदैछ। तीन स्थानमा ड्रिल गरिएको छ। एक करोड टनभन्दा बढी फस्फोरस निस्कने प्रारम्भिक अध्ययनले देखाएको छ। त्यसको वरिपरि पनि फस्फोरसका खानी रहेको जानकारीमा आएका छ। त्यसको गुणस्तर मापन हुन बाँकी छ। त्यो सबै भएपछि सुदूरपश्चिममै मलखादको कारखाना बनाउने गरी योजना बन्दैछन्। अन्नपुर्ण पाेष्ट बाट साभार

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन