कालंगा जलविधुत आयोजनाको सुरुङ निर्माणको काम सकियो
बझाङ:- बझाङको बुङगल क्षेत्रमा निर्माणाधिन कालंगा जलविधुत आयोजनाको सुरुङ निर्माणको ब्रेक थ्रु भएको छ । निजि क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिमकै सबै भन्दा ठुलो जलविधुत आयोजना कालंगा जलविधुत आयोजना अन्तर्गतको १५.३३ मेगावाटको करिब ३.५ किलोमिटर सुरुङको ब्रेक थ्रु भयको हो । झण्डै ४ बर्ष अगाडी देखि सुरुङ खन्ने काम सुरु भएको आयोजनाले शुक्रबार सुरुङको निर्माण कार्य सकिएको जनाएको छ । आयोजनामा लगानी देखि प्राविधिक पक्ष र कामदार समेत गरि सबै नेपाली नै छन । जलविधुत आयोजनाको क्षेत्रमा लामो अनुभव बटुलेका कालंगा हाईड्रो प्रा लि का संस्थापक पुष्प चित्रकारले सुरुवातमा जलविधुत आयोजनामा लगानी, प्राविधिक स्टमेट र सुरुङ निर्माणको काम सबै नेपालीले नै बनाएको बताए । नेपालका निमार्णधिन जलविधुत आयोजनामा प्राविधिक डिजाईज स्टमेट र सुरुको काम पनि विदेशीले गर्दै आएकोमा कालंगा जलविधुत आयोजनामा भने सबै काम नेपाली प्राविधिक र लगानी कर्ताले गरेको उनको भनाई छ ।
सुरुङको ब्रेक थ्रु भए संगै कालंगा जलविद्युत आयोजनाको ९२ प्रर्तिशत काम सकिएको छ । आउदो पौष मसान्त भित्र आयोजनाको सबै काम सकिने आयोजनाका प्रबन्धक वखत बहादुर शाहीले बताए । यस आयोजनाको रुपैलमा रहेको विधुत गृह निमार्ण भएर उपकरण सामाग्रीहरु जडानको काम भैरहेका छ । आयोजनाको हाईटेन्सनको तार तान्ने काम पनि अन्तीम चरणमा पुगे संगै आयोजनाको काम अन्तीम चरणमा पुगेको उनको भनाई छ । आयोजनास्थलमा एक कार्यक्रमका विच सुरुङ भित्र काम गर्ने मजदुरहरुलाई उपहार पनि दिईएको छ । सुरुङको ब्रेक थ्रु सफल भएको भन्दै उनीहरुलाई हौसला स्वरुप केहि नगद पैसा र टि सर्ट उपहार दिईएको हो ।
वि.सं २०६५ देखि सम्भाव्यता अध्ययन थालिएको ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको छ । रोजगारीका लागि विदेशिने युवाले आयोजना निर्माणसँगै योग्यता र दक्षताअनुसारकोे काम पाएका छन् । हाल १५० बढी स्थानीय युवाले आयोजनाको काम गरिरहेका छन् । क्याम्प र सडक निर्माण कार्यमा ६ सय बढी स्थानीयले दैनिक ज्यालादारीमा काम गरिरहेको कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए । झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको चार ठाउँबाट सुरुङ निमार्ण कार्य सुरु भएको छ । सन २०२२ भित्र आयोजना सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको कालंगा जलविद्युत् आयोजनाका खगेश्वर बोहराको भनाई छ । स्वदेशकै प्राविधीकहरुबाट भएको डिजायन स्टामेट, स्वदेशी लगानी र स्वदेशी कामदार बाटै निर्माण भएको यो आयोजना नेपालकै पहिलो आयेजना भएको कम्पनिको दावी छ ।