तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, च.नं. ८२४९, मिति २०८२/०३/३२ को पत्र आदेशअनुसार जिल्ला प्रहरी कार्यालय बझाङमा काजमा खटिनु भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र धमलाज्युलाई आज कार्यालयमा विशेष स्वागत कार्यक्रमका साथ स्वागत गरिएको छ।
स्वागत कार्यक्रमको नेतृत्व प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले गर्नुभएको थियो। कार्यक्रममा जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार, जवान तथा सम्पूर्ण प्रहरी परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रम पश्चात डिएसपी धमलाले कार्यालय अन्तर्गत खटिएका सम्पूर्ण अधिकृत तथा जवानहरूसँग परिचयात्मक भेटघाट गर्नुका साथै विभागीय नीति, कार्यशैली र सेवा प्रवाहसँग सम्बन्धित महत्वपूर्ण निर्देशनहरू पनि दिनुभयो।
उहाँले कार्यक्षेत्रमा अनुशासन, जिम्मेवारी र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियोकार्यक्रमले प्रहरी संगठनभित्रको अनुशासन, एकता र सेवा-भावनालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

























